नेप्से परिसूचकमा झिनो गिरावट, कारोबार रकम ३ अर्ब १९ करोडमा सीमित

काठमाडौँ, २३ वैशाख । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार झिनो अङ्कले घटेर बन्द भएको छ। मङ्गलबार सामान्य बढेको नेप्से आज १.६४ अङ्कले ओरालो लाग्दै २७११.२२ विन्दुमा कायम भएको हो।

परिसूचक घटेसँगै आज कारोबार रकममा पनि कमी आएको छ। नेप्सेका अनुसार, आज ३३६ वटा कम्पनीका ७१ लाख ३१ हजार ५५७ कित्ता सेयर कुल ४७ हजार ८४१ पटक किनबेच हुँदा ३ अर्ब १९ करोड ७७ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ८ वटाको सूचक बढेको छ भने ४ वटाको सूचक घटेको छ ।

आज लघुवित्त उपसमूह ०.४८ प्रतिशत, लगानी ०.४० प्रतिशत र होटल तथा पर्यटन ०.२२ प्रतिशतले बढेका छन्। त्यसैगरी, वित्त ०.१९, निर्जीवन बिमा ०.१९, बैंकिङ ०.१६, अन्य ०.०३ र म्युचुअल फन्ड उपसमूह ०.८० प्रतिशतले उकालो लागेका छन्।

यता, उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक ०.५६ प्रतिशतले घटेको छ। विकास बैंक ०.५१, जलविद्युत् ०.४३ र जीवन बिमा उपसमूह ०.३२ प्रतिशतले ओरालो लागेका छन्।

समग्र बजार घटे पनि आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यस कम्पनीको सेयर मूल्य १३.७४ प्रतिशतले बढेको छ। यता, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। यस जलविद्युत् कम्पनीको सेयर मूल्य ८.९० प्रतिशतले घटेको छ।