इजरायललाई राष्ट्र संघको कालोसूचीमा राखिएकोमा तेल अभिभको आपत्ति

 

काठमाडौं, २३ कात्तिक ।  संयुक्त राष्ट्र संघले इजरायली सुरक्षा बललाई सशस्त्र द्वन्द्वका क्रममा यौन हिंसामा संलग्न पक्षहरूको सूची (कालोसूची) मा समावेश गर्ने निर्णय गरेको छ। उक्त निर्णय सार्वजनिक हुन लागेको जानकारी पाएलगत्तै इजरायलले राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेससँगको कूटनीतिक सम्पर्क विच्छेद गर्ने चेतावनी दिएको छ।

महासचिवको कार्यालयले तयार पारेको आगामी वार्षिक प्रतिवेदनमा इजरायलमाथि प्यालेस्टिनी बन्दीहरूलाई हिरासतमा चरम यातना र यौन दुर्व्यवहार गरेको उल्लेख छ। इजरायली राजदूत ड्यानी ड्याननले सो प्रतिवेदन पूर्वाग्रही रहेको दाबी गर्दै महासचिव गुटेर्रेसको कार्यकाल रहेसम्म इजरायलले उनीसँग कुनै सम्पर्क नराख्ने स्पष्ट पारेका छन्।

यस विषयमा राष्ट्र संघका प्रवक्ता स्टेफन दुजारिकले महासचिवको ढोका सधैं संवादका लागि खुल्ला रहने प्रतिक्रिया दिएका छन्। इजरायली सेनाले गाजा र वेस्ट बैंकमा नियन्त्रणमा लिएका प्यालेस्टिनीहरूमाथि यौनजन्य हिंसा गरेको भनी विभिन्न अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले रिपोर्ट सार्वजनिक गर्दै आएका थिए।