विदेशी मुद्राको विनिमयदर यस्ताे छ आज, डलर १५२ रुपैयाँ ५७ पैसा पुग्दा युरो र पाउन्डको भाउ कति ?
काठमाडौँ, १६ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलरसहित अन्य प्रमुख विदेशी मुद्राहरूको विनिमय दरमा सामान्य उतारचढाव देखिएको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५७ पैसा तोकिएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ २९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९९ पैसा कायम भएको छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ८४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ६६ पैसा रहेको छ। स्वीस फ्र्याङ्कको बिक्रीदर १८८ रुपैयाँ ७४ पैसा निर्धारण गरिएको छ।
वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य मानिएका मुलुकहरूको मुद्राको दर यसप्रकार छ:
साउदी रियाल: खरिददर ४० रुपैयाँ ४८ पैसा र बिक्रीदर ४० रुपैयाँ ६४ पैसा।
कतार रियाल: खरिददर ४१ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८५ पैसा।
युएई दिराम: खरिददर ४१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५४ पैसा।
कुवेती दिनार: खरिददर ४९४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ७३ पैसा।
आजका लागि अष्ट्रेलियन डलर एकको बिक्रीदर १०९ रुपैयाँ २७ पैसा र क्यानेडियन डलरको १०९ रुपैयाँ ८५ पैसा तोकिएको छ। मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा रहेको छ। त्यस्तै, जापानी येन १० को बिक्रीदर ९ रुपैयाँ ५५ पैसा र चिनियाँ युआन एकको बिक्रीदर २२ रुपैयाँ ७० पैसा कायम भएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत रहेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने र वाणिज्य बैंकहरूले तोक्ने दर राष्ट्र बैंकको दरभन्दा केही फरक हुन सक्ने जनाएको छ।