गाेसाइँकुण्ड गएका आमा मैया, छाेरा सुवेश र छाेरी सुभेच्छासहित बेत्रावतीमा हरायाे, आफन्त खाेज्दै सास र लास

दिपेन्द्र श्रेष्ठ, फर्पिङ

काठमाडाैं, १६ भदौ । भदाै १० गते रातकाे ३ बजे रसुवाकाे एतिहासिक तीर्थस्थल गाेसाइँकुण्ड हिँडेका फर्पिङका मैयाँ भण्डारीका परिवार भोटेकोशी बाढी पश्चात अहिलेसम्म सम्पर्क विहिन भएका छन् । फर्पिङकै व्यवसायी श्रीदेवी गिरीका अनुसार भण्डारीका परिवारमा छाेरा सुवेश भण्डारी, छाेरी सुभेच्छा भण्डारीलगाएत छिमेकीहरू बा १९ च ९७३६ नम्वरकाे स्कारपियाे गाडी लिएरगाेसाइँकुण्ड हिँडेका थिए ।

भदाै १० गते गएकाे बाढीपछी उनिहरू सम्पर्कविहीन भएका हुन् । त्रिशुली बजार पार भएपछि बेत्रावति  पुगेर उनिहरू सम्पर्क विहिन भएकाे व्यवसायी गिरीकाे अनुमान छ ।

भोटेकोशी बाढीमा सम्पर्कविहीनहरु सकुशलै फर्किने आश त झिनो बन्दै छ तर परिवारले लास पाउने अवस्था पनि झिनाे बन्दै गएकाले परिवार र आफन्तको बेचैनी बढाउँदै लगेको छ।

बाढीले विध्वंसको साताैं दिनसम्म पनि उनीहरु सम्पर्कविहीन भएपछि आफन्त–परिवार निरास बनेका छन्। आफन्तहरू कहिले ठाउँठाउँका अस्पताल त कहिले त्रिशूली र आसपासमा रहेकाे सम्पर्क स्थान र सेनाको क्याम्पमा पुग्छन्। तर रित्ताे हात र सुन्य सुचना लिएर फर्कन्छन् । धेरैजसो सम्पर्कविहीनका आफन्तको दैनिकी यस्तै छ।

रसुवाकाे मैलुङमा रहेको अप्पर त्रिशूली थ्री ए हाइड्रोपावर अन्तर्गत डाेसान कप्पनीमा कार्यरत सिन्धुपाल्चाेकका जीवन जाेन्छेका परिवारले पनि यो अवस्था भोगेको ७ दिन भइसक्यो। आयोजनाको सबै संरचना बाढीसंगै बगेपछि उनिहरूकाे सपना पनि त्यसैगरी बगाएकाे छ । जीवन जाेन्छेसहित सिन्धुपाल्चाेकका २ सय भन्दा माथी मानिसहरू सम्पर्कविहीन छन्।

उद्धारमा राज्यका तीनै संयन्त्र खटिएकाले साताैं दिनसम्म पनि सम्पर्कविहीनका परिवारहरू भेटिने झिनो आशामा बाँचिरहेको छ तर सरकारले उद्धारमा धेरै ढिलो गर्दा सम्पर्कविहीनको प्रतीक्षा गरिरहेका आफन्तहरु कुनै खबर नपाउँदा निराश हुँदै गएका छन्।

देश विपद्को सामना गरिरहँदा सरकारका कतिपय निर्णयमा बाढीपछि सम्पर्कविहीन खोजिरहेका आफन्त र परिवार आक्रोशित बनेका छन्।
सरकारले शव व्यवस्थापनको नाममा जमिनमुनि गाड्ने निर्णय लिएपछि सम्पर्कविहीन खोजिरहेका आफन्त र परिवारहरू आक्रोशित बनेका हुन् ।