विराटनगरमा एक अर्ब ५७ करोडभन्दा बढीको हुन्डी कारोबार, दुई जना पक्राउ

विराटनगर, २ असाेज । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले विराटनगरका दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले हुन्डीसम्बन्धी कारोबारमा संलग्न रहेको आरोपमा विराटनगर महानगरपालिका–१५ रानी बस्ने ४६ वर्षीय शम्भुप्रसाद साह र विराटनगर–१७ का ३४ वर्षीय सुरजप्रसाद साहलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूको खातामार्फत एक अर्ब ५७ करोड ६४ लाख ३२ हजार ३४० रुपैयाँ ८१ पैसा बराबरको रकम हुन्डी कारोबारमा प्रयोग भएको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ परेका दुवै जनालाई सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ लगायतका कसुरमा थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *