प्रचण्डले आफ्नो घर सिद्ध्याए : साह

 

काठमाडौँ, १ माघ– नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं सहरी विकास मन्त्री प्रभु साहले पुष्पकमल दाहाल प्रचण्डले पदका लागि माओवादी पार्टी,आन्दोलन, चुनाव चिन्ह र सबै प्रविवद्घताहरु बेचेको बताउनुभएको छ ।

आज काठमाडौँमा नेकपा प्रदेश १ का अगुवा कार्यकर्ताको भेलालाई संवोधन गर्नुहुँदै उहाँले भन्नुभयो, ‘प्रचण्ड जी ले ३० वर्षदेखि पदको लागि आफ्नै सहयोद्घ छोड्दिने, पद सङ्कटमा परेपछि आफ्नो विचार छोड्दिने र पद धरापमा परेपछि पार्टी नै छोड्दिने गर्नुभयो’ उहाँले भन्नुभयो, ‘प्रचण्डले माओवादी पार्टी, कम्युनिष्ट आन्दोलन त बेच्नुभयो बेच्नुभयो, आफ्नो सकिएपछि अर्काको पार्टीमा पसेर त्यहाँ पनि बेच्न सुरु गरे ।’

प्रचण्डले पदका लागि केही बेच्न बाँकी नराख्ने बताउँदै साहले पदका लागि प्रचण्डले सबै प्रतिवद्घ, आन्दोलन बेचेको आरोप लागउनुभयो । प्रचण्डले माओवादी पार्टीको नाउँ, आन्दोलन, गरिएका प्रतिवद्घता, चुनाव चिन्ह सबै बेचेको उहाँले बताउनुभयो । उहाँले प्रचण्ड कुनै अडान नभएको नेता भएको पनि बताउनुभयो ।

साहले ुभ्रष्टाचारमा चुर्लुम्म डुबेका ९प्रचण्ड–माधव नेपालहरु०ले देश बनाउछौं भन्नु गोरुले दूध दिन्छ भने जस्तै भएको बताउनुभयो । तराई मधेशमा केपी अ‍ोलीको पक्षमा ठूलो लहर आएको बताउँदै साहले तराईका ३२ निर्वाचन क्षेत्र मध्ये २० क्षेत्रमा आफूहरुले जित्ने दावी गर्नुभयो । प्रचण्डले मधेशका एजेण्डा व्यापार गरेका कारण जनताले लखेट्न्ने साहले बताउनुभयो ।

पार्टी एकता भइसकेपछि महाधिवेशनसम्म जाने मूल बाटो हुँदा हुँदै प्रचण्ड र माधव नेपाल लगायतले व्यक्तिगत महत्त्वाकाङ्क्षा कारण आफैले बनाएको विधि, विधान र प्रतिवद्घता विपरीत अध्यक्ष हत्याउने दुष्प्रयास गरेको उहाँले बताउनुभयो ।

मन्त्री साहले प्रचण्ड मुक्त कम्युनिष्ट पार्टी र मुलुक बनाउन आवश्यक रहेको बताउँदै माधव नेपाल र झलनाथ खनाल राजनीतिबाट हात उठाइसकेको व्यक्ति भएको बताउनुभयो । ‘राजनीतिमा हात उठाएका नेताहरूले केही गर्छु भन्छ भने त्यो मैथिली उखान ‘मर्न लागेको गोरुले गाँडा तान्छ’ भनेजस्तै हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *