गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरले बिभिन्न संघ(संस्थाहरुसॅंग सहकार्य गर्ने

 

न्यूयोर्क । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरले लिगल गुड, आ।सि।सि।डी लगायत बिभिन्न संघ(संस्थाहरु सॅंग सहकार्य गर्दै “स्वाब एण्ड सेभलाईभ्स” को अभियान बृहत तरिकाले अगाडि बडाउने र कोभिड(१९ को खोप पनि अब छिट्टै सबै माझ पुर्र्याउनका लागी पहल गर्ने सम्बन्धमा फेब्रुअरी ८, २०२१ का दिन गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरीका च्याप्टरको न्युयोर्क स्थित कार्यलयमा व्यापक छलफल भयो।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरेले सबै उपस्थीत महानुभावहरुलाई कार्यालयमा स्वागत गर्दै “स्वाब एण्डसेभ लाईभ्स” को अभियान बारे प्रष्टाउनु भयो।

उक्त छलफल कार्यक्रममा डाक्टर ऐलिसिया ऐल्मान्ड्ल र कम्यनिटि आउटरिच डाईरेक्टर सिसिली लाई सॅंग सर(सल्लाह, सुझाव हरु आदान(प्रदान भएकोथियो। आज ३ बजे बसेको मिटीगंमा शेर्पा किदुग अमेरिकाका अध्यक्ष उर्गेन शेर्पा, घ्याल्सुम्दो सेवा समाज अमेरिकाकी अध्यक्ष निमा ल्हमो, प्रवासी नेपालीएकता मन्च अमेरिकाका अध्यक्ष टेक गुरुड॰, एन।आर।एन। अमेरिका(न्युयोर्कका कोषाध्यक्ष शोभाकान्त पाण्डे, ने।का। युवा नेता द्वय श्याम कार्की, राजुरौनियार, एन।आर।एन। अमेरिका(न्युयोर्कका अभियान्ता क्रमशस् राम कृष्ण महर्जन, कृष्ण गुरुड॰, बिजय गुरुड॰ लगायतको उपस्थिती रहेको थियो।

“स्वाब एण्ड सेभ लाईभ्स” को अभियान बृहत तरिकाले अगाडि बडाउन समर्थन गर्दै शेर्पा किदूगका अध्यक्ष उर्गेन शेर्पाले आफ्नै किदूगकै हल कोभिड(१९परिक्षणका लागी शनिवार, फेब्रुअरी १३ का दिन निस्शुल्क उपलब्ध गराई यस मानविक सेवामा ठुलो योगदान गर्नु भयो भने यसै अभियानलाई सहमतिजनाउॅंदै सहकार्य गर्न घ्याल्सुम्दो सेवा समाज अमेरिका तयार रहेको यसै संस्थाकी अध्यक्ष निमा ल्हमोले भन्नु भयो। साथै यस सामाजिक कार्यमा प्रवासीनेपाली एकता मन्च अमेरिकाले पनि साथ(सहयोग गर्न तयार रहेको छ, अध्यक्ष टेक गुरुड॰ ले भन्नु भयो।

डाक्टर ऐलिसिया ऐल्मान्ड्लले कोभिड(१९ को खोप पनि अब छिट्टै सबै माझ पुर्र्याउनका लागी वॅंहाले ४०० खोपको स्वीकृतीका लागी अनुरोध गर्नु भएकोजानकारी दिनु भयो भने खोप सरल र सि।डि।सि। गाईडलाईन मार्फत आफ्नै क्लीनिक बाट दिने भनि घोषणा पनि गर्नु भयो।

आफ्नो कार्यव्यस्तताका वावजुद करीव १ घन्टा समय फाउन्डेशनलाई दिनुभएका डाक्टर ऐलिसिया ऐल्मान्ड्ल र सिसिली लाई सँग चियापान गरी कार्यक्रमगर्नपाएकोमा संस्थाका उपाध्यक्ष शुवर्ण लामाले प्रशन्नता व्यक्त गर्नुभयो।
अन्त्यमा वहाँलाई विदाई गर्दै अध्यक्ष घिमीरेले वहाँको विशेषज्ञ, वौद्दिकता र उच्च विचारले थप उर्जा प्राप्त भएको र वॅंहाको चिकित्सक टोली सँग सहकार्यगरी सबै समुदायलाई “स्वास्थ्य नै धन हो” र स्वास्थ्य रहन के गर्नु पर्छ भन्नेमा शिक्षा लिदै अगाडी बढन आफुहरू उत्साहित भएको वताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *