ढोरपाटन शिकार आरक्षमा आगलागी

 

बागलुङ । नेपालको एक मात्रै शिकार वनस्थल ढोरपाटन शिकार आरक्षको जंगलमा आगलागी भएको छ। आरक्षको बागलुङ जिल्ला क्षेत्रको बुकी क्षेत्र काङको जंगलमा आगलागी भएको हो।

सोमबारदेखि लागेको आगलागी मङ्गलबार साँझ मात्रै नियन्त्रणमा आएको शिकार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँंडेलले जानकारी दिए।

आरक्षको सुरक्षार्थ खटेको शत्रुमर्दन गुल्मको सेना तथा आरक्षका कर्मचारीले फायर लाइन निर्माण गरी आगलागी नियन्त्रणमा लिएका थिए। आगलागीबाट आरक्षको करीब ३० हेक्टर वनमा क्षति पुगेको छ।

समयमै सुरक्षाकर्मी र कर्मचारी खटिएका कारण आगलागी नियन्त्रणमा आउँदा वन्यजन्तुको क्षति हुन नपाएको आरक्षले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *