नरभक्षी बाघ नियन्त्रणमा

 

बर्दिया । नरभक्षी बाघ नियन्त्रणमा लिइएको छ । बर्दिया निकुञ्जको सो बाघ बर्दियाको गेरुवा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। पछिल्लो समय निरन्तर बाघले मानिसमाथि आक्रमण गर्ने क्रम बढेसँगै निकुञ्जको टोली बाघ नियन्त्रण गर्न खटिएको थियो।
मान्छे मार्ने बाघ बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ४ उत्तरी गोलाको राजिपुर नाकाट भाले पाटेबाघ नियन्त्रणमा लिइएको र डाट गरेर निकुञ्ज मुख्यालय ल्याइएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो ।

पाटेबाघले विगत केहि महिनादेखि गोला तथा राजपुर क्षेत्रमा पशु चौपाया तथा मानिसको समेत ज्यान लिएर त्रास फैलाएको थियो। बाघ क्यामेरा ट्यापीङ्ग विधिबाट पहिचान गरी नियन्त्रणमा लिइएको हो।

बाघ झण्डै १२, १३ बर्षको बुढो भएकाले त्यसको दाँत र नङ्ग्रा पनि झरेको निकुञ्जको प्राविधिक टोलीले जनाएको छ। उक्त बाघलाई नियन्त्रणमा लिएर बर्दिया निकुञ्जको रम्मापुर सेक्टरमा राख्ने निकुञ्ज मुख्यालयले जनाएको छ। बर्दियामा बाघको आक्रमणबाट एक वर्षमा १० जनाको ज्यान गइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *