राष्ट्रपति भण्डारी ढाकाका विभिन्न कार्यक्रममा (फोटो फिचर)

 

ढाका । बङ्गलादेशको राजकीय भ्रमणका सिलसिलामा ढाका पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।
बंगलादेशको दुईदिने औपचारिक भ्रमणका ५४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी ढाका पुग्नुभएको हो ।
कार्यक्रममा राष्ट्रपति भण्डारीसहित सार्क राष्ट्रका अन्य दुई राष्ट्र तथा सरकार प्रमुखको सहभागिता छ । माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोली र श्रीलंकाका प्रधानमन्त्री माहिन्दा राजापाक्षे यसअघि नै बंगलादेश पुगिसक्नुभएको छ ।
राष्ट्रपति भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ ले सम्मान गरिएको छ। आजै उहाँले समकक्षी हमिदसँग द्विपक्षीय भेटवार्ता गर्नुभयो भने प्रधानमन्त्री शेख हसिना लगायतसँग शिष्टाचार भेट गर्नुभएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *