झुक्किएर एसिड छ्याप्दा तीन जना घाइते, एसिड छ्याप्ने पक्राउ

 

काठमाडौं । काठमाडौंको साँखु नगरपालिका १ चापागाउँमा होली खेल्ने क्रममा एसिड प्रहार हुँदा ३ जना घाइते भएका छन् । साँखुको नविन ग्राम विद्यालयको कम्पाउण्डमा होली खेलिरहेका ३ जनामाथि एसिड प्रहार भएको हो ।

घटनामा १६ वर्षीया अस्मिता तामाङ, ११ वर्षका सविन तामाङ र ९ वर्षीय विशाल तामाङ घाइते भएका छन् । एसिड छ्याप्ने १७ वर्षीय पवन पहारी र आकाश तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूले होली खेल्ने क्रममा पानी भनेर एसिड फ्याकेका थिए। होली खेल्ने क्रममा डेरीमा दुधको फ्याट लेभल चेक गर्न प्रयोग हुने सल्फरिक एसिड जर्किनमा राखेको थियो। उनीहरूले पानी होला भनेर छ्यापे, तर एसिड रहेछ, ‘हिजो दिउँसो उनीहरु होली खेलिरहेका रहेछन् । त्यहीसँगै डेरीमा राखेको बोतलको एसिडलाई पानी सम्झेर छ्यापेका रहेछन् ।’उपरीक्षक अशोक सिंहले भन्नुभयो ।

डेरीमा एसिड चाहिने भएकाले राखिएको तर त्यसको असुरक्षित तरिकाले राख्दा दुर्घटना भएको छ । खरेलका अनुसार घाइतेहरुलाई साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल शंखरापुरमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *