सर्वोच्चमा प्रचण्डको निवेदन

 

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा विवादबारे सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसला पुनरावलोकनका लागि सर्वोच्च अदालतमा निवेदन दिनुभएको छ ।
निवेदन दिन अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरु सर्वोच्च अदालत जानुभएको हो ।

सर्वोच्चले नेकपा विवादमा निवेदकको माग दावीभन्दा बाहिर गरेर फैसला गरेको भन्दै नेकपा माओवादी केन्द्रले पुनरावलोकनको मागसहित निवेदन दर्ता गरायो ।

सर्वोच्चले गत फागुन २३ गते नेकपा विवादबारे फैसला सुनाउँदै ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिक मान्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपालाई अमान्य ठहर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *