गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरको पहलमा क्वीन्स अस्पतालमा भ्याक्सन कार्यक्रम

 

न्युयोर्क । गिरिजाप्रसाद कोइराला फाउन्डेशन अमेरिका च्याप्टरको विशेष सकृय र पहलमा न्युयोर्क आसपासमा रहेका नेपाली लगायत अन्य समुदायलाई आज अप्रिल ३ ,२०२१ शनिवारका दिन क्विन्स हस्पिटल जमैका न्युयोर्कमा वृहत रूपमा एकमुष्ठ कोभिड(१९ विरुद्ध खोप लगाउने अभियान उल्लेखनीय रूपमा सम्पन भयो।

दिउँसो १ वजेदेखी ५ वजेसम्म यस समुदायलाई लक्षित गरी वितरीत खोप २७९ जनालाई लगाईएको कुरा यस संस्थाका अध्यक्ष श्री सोमनाथ घिमिरेले वताउनुभयो। संभवत अमेरिकामा नेपाली संघ(संस्थाहरु मध्ये गिरिजा प्रसाद कोईराला फाउण्डेसन अमेरिका च्याप्टरनै पहिलो संस्था हो जसले २५० जना भन्दा धेरैं नेपाली महानुभावहरुलाई एकै दिन क्वीन्स अस्पतालमा खोप लगाउन सफल भयो।

शेर्पा किदुग अमेरीका र घ्याल्सुम्दो सेवा संस्था अमेरीकाको समेत सहयोगमा फाउण्डेसन द्वारा वितरित फाराम भरी नामावली संकलन गरीएको र सोही अनुसार व्यवस्थित रूपमा खोप लगाईएको कुरा यसै फाउण्डेसनका उपाध्यक्ष सुवर्ण लामा वताउनुहुन्छ। संस्थाका महासचिव छिरीगं राप्के लामाको नेतृत्वमा स्वयंसेवकका रूपमा कार्यसमिती सदस्यहरु क्रमशस् रामचन्द्र अधिकारी, ध्रुव कुवँर क्षेत्री, प्रेम अधिकारी क्षेत्री, राजेश आचार्य, नेका युवा नेता विजय थुलुगं, समाजसेवी रमेस दर्नाल, कलाकार एंव लेखक पुष्कर बराल, वरिष्ठ लोक दोहोरी गायक बीमल डांगी लगायतले विशेष भुमीका निर्वाह गर्नुभएको थियो।

क्वीन्स अस्पतालका समुदाय बोर्ड सल्लाहकार समितीका अध्यक्ष एंव क्वीन्स डेमोक्र्याटीक डिस्ट्रीक्ट लिडर डाक्टर ऐन्थोनि ऐन्ड्रीयु जुनियरले फाउन्डेशनसँग हातेमालो गर्दै समुदाय स्तरमा सो खोप अभियान संचालन गर्न पाएकोमा प्रशन्नता व्यक्त गर्नुभयो। स्मरण रहोस डाक्टर ऐन्थोनि ऐन्ड्रीयु जुनियरकै पुर्ण सहयोगमा फाउण्डेसनले यो ऐतिहासिक पहिलो खोप कार्यक्रम भव्यताका साथ क्वीन्स अस्पतालमा सम्पन्न गर्यो।

यस भ्याक्सीन कार्यक्रमको अभियानमा क्वीन्स अस्पतालमा नेपाली समुदायका लागी मात्र भनेर छुट्टै सहायता केन्द्र ९ज्भउि म्भकप० स्थापना गरिएको थियो र उक्त केन्द्रमा स्टेफन मनरो, सरोजीनी कुमार, डाक्टर राव र ग्रेगोरि माहाबी को सहयोग टोली रहेको थियो।

फाउन्डेशनले अप्रिलको अन्तिम हप्तासम्म क्रमश हरेक शनिवारका दिन १ वजेदेखी ५ वजेसम्म यसरी नै अस्पतालसँग समन्वय गरी खोप वितरण गर्ने र सोका लागी प्रत्येक वुधवार ३ बजेसम्म संस्थावाट उपलब्ध फारम भरी आफ्नो कार्यालय ज्याक्सन हाईट्स न्युयोर्कमा वुझाउनुपर्ने कुरा संस्थाका कार्यसमिती सदस्य रामचन्द्र अधिकारीले वताउनुभयो। साथै संस्थाले अशक्त र अप्ठ्यारो परेका महानुभावहरूलाई अस्पताल सम्म निःशुल्क यातायात समेत व्यवस्था गरेको कुरा संस्थाका अध्यक्ष घिमीरेले जानकारी दिनुभयो।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरले डाक्टर ऐन्थोनि ऐन्ड्रीयु जुनियर, स्टेफन मनरो, सरोजीनी कुमार, डाक्टर राव र ग्रेगोरि माहाबी लाई धन्यवाद एंव आभार प्रकट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *