कर्णालीमा नयाँ सरकार बनाउन गृहकार्य

 

सुर्खेत । कर्णाली प्रदेशमा माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिएपछि नयाँ सरकार गठनको कसरत शुरु भएको छ ।
सरकारमा सहभागी एमालेका तीन जना मन्त्रीको राजिनामा समेत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्वीकृत गरिसक्नुभएको छ ।
एमालेले सरकारको साथ छोडेपछि मुख्यमन्त्री शाहीको सरकार अल्पमतमा परेको छ ।

आफ्नै नेतृत्वमा सरकार गठनको कसरत गरिरहेको नेकपा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजिनामाको प्रतिक्षा गरेको छ भने मुख्यमन्त्री शाही विश्वासको मत लिने तयारीमा हुनुहुन्छ ।

४० सदस्यीय प्रदेशसभामा सभामुख सहित नेकपा एमालेका २० जना, नेकपा माओवादी केन्द्रका १३ जना, नेपाली काँग्रेसका ६ जना र राप्रपाका १ जना सांसद रहेका छन् ।
एमालेका प्रमुख सचेतक गुलाबजंग शाहले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई तत्काल राजिनामा दिन बाध्य बनाउने बताउनुहुन्छ ।

अल्पमतमा परेको अवस्थामा मुख्यमन्त्री शाहीले पदमा टाँसीरहनु भन्दा राजिनामा दिनु उत्तम रहने भन्दै उहाँले एमालेको सहयोग र समर्थन विना कर्णालीमा सरकार बन्न नसक्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *