महन्थ ठाकुरका पक्षमा २४ सांसद, उपेन्द्र यादव अल्पमतमा

 

काठमाडौँ। जनता समाजवादी पार्टीमा अध्यक्ष महन्त ठाकुरको पक्षमा २४ सांसद उभिएपछि अर्का अध्यक्ष उपेन्द्र यादक अल्पमतमा पर्नुभएको छ । ओली सरकारलाई साथ नदिने पक्षमा उभिनुभएका यादव अब अप्ठेरोमा पर्नुभएको छ । ठाकुरचाहिँ माग पूरा भए ओली सरकारमा जान तयार हुनुभएको छ ।

पूर्व समाजवादी पार्टीका सांसदहरूले समेत यादवलाई साथ छाडेका छन्।
ठाकुरलाई पूर्व समाजवादी पार्टीका केही सांसदहरूले समेत दिएका छन्। यादवसँग पार्टी फुटाउनको लागि संसदीय दलमा ४० प्रतिशत सांसद समेत नभएकोले पार्टीको बहुमत निर्णय मान्न यादव बाध्य हुने ठानिएको छ । ओली सरकारले जसपाले अगाडि सारेका सबै माग पूरा गर्न गृहकार्य गरेको छ । अब छिटै माग पूरा हुने र सरकारसँग जसपाको सहकार्य हुने सम्भावना अरु बढेको छ ।
सरकारको साँचो अहिले जसपाको हातमा रहेकाले जसपाले गर्ने निर्णय महत्वपूर्ण हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *