भारतले बनाएको तटबन्धको संयुक्त अध्ययन सुरु

दार्चुला । दार्चुलाको महाकाली नदी किनारमा भारतले बनाइरहेको तटबन्धनको संयुक्त अध्ययन सुरु भएको छ। नापी विभाग काठमाडौंबाट केन्द्रीय नापी टोली र भारतीय सर्वे टोलीले संयुक्त रुपमा स्थलगत अध्ययन सुरु गरेको हो।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले आज विहानदेखि तटबन्धन निर्माण स्थलमा संयुक्त अध्ययन सुरु भएको जानकारी दिनुभयो। उहाँका अनुसार ५ सदस्यीय नेपाली टोलीको नेतृत्व प्रमुख नापी अधिकृत जयानन्द जोशीले गर्नुभएको छ। भारतबाट पनि सर्वे डिपार्टमेन्टको ५ सदस्यीय टोली निर्माणस्थलमा अध्ययनका लागि खटिएको छ।
दार्चुलामा २०७० सालमा महाकाली नदीमा आएको बाढीले धार परिवर्तन गर्दा नेपाली भूमि भारततिर परेको छ। भारततिर परेको नदी किनारामा भारतले १५ मिटर क्षेत्रमा तटबन्धन बनाइसकेको छ। अहिले काम भने रोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *