जसपाका माग पूरा हुने निश्चित, सरकारविरुद्धका खेल विफल हुने

 

काठमाडौँ । सरकारले जनता समाजवादी पार्टीका सबै माग पूरा गरिदिने भएको छ । त्यसका लागि केही सातादेखिको गृहकार्यले अन्तिम रुप लिई सहमतिको अन्तिम मस्यौदा तयार भएको छ । जसपासँगको सहकार्यले सरकारविरुद्धका सबै खेल विफल हुनेछ । सहमतिपछि जसपा सरकारमा आउने छ र यही सरकारले निरन्तरता पाउनेछ ।

जसपा अध्यक्ष महन्थ ठाकुरले सहमतिको मस्यौता तयार भएको र केही दिनभित्रै हस्ताक्षर हुने बताउनुभएको छ । जसपाका विभिन्न नेता कार्यकर्ताको मुद्दा खारेज प्रक्रिया टुङ्गो लागे लगत्तै मस्यौदा हस्ताक्षर हुनेछ ।

जसपाले सरकारसँग मधेस आन्दोलनको क्रममा लगाइएका झुटा मुद्दा खारेज हुनु पर्ने, रेशम चौधरी रिहाइ हुनुपर्ने, नागरिकता विधेयक पास हुनु पर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने तथा संविधान संशोधन गर्नुपर्ने माग राखेका छ । यी ५ माग मध्ये सरकारले मुद्दा खारेज गर्न र रेशम चौधरीको रिहाइ गर्न प्रक्रिया अगाडि बढाएको छ । मन्त्रिपरिषद्को निर्णयबाट लाल आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गर्नेछ । । अघिल्लो साता जसपाले झुटा मुद्दा खारेजकोलागि २०८ जनाको नाम गृह मन्त्रालयमा बुझाएको थियो ।
जसपाको अर्को धारको नेतृत्व गरिरहेका अर्का अध्यक्ष उपेन्द्र यादव अझै पनि एमालेसँग मिल्नु हुँदैन भन्ने लाइनमा हुनुहुन्छ । तर उहाँले चाहेरमात्र केही हुनेबाला छैन । उहाँ पार्टी र संसदीय दलमा अल्पमतमा पर्नुभएको छ । उहाँले चाहेर पनि पार्टी फुटाउन सक्नुहुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *