७६८ जनामा कोरोना ,५ जनाको मृत्यु

 

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७६८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। ५ हजार ३३३ जनाको पीसीआर परीक्षण गर्दा ७६८ जनाको रिपोर्ट कोभिड १९ पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। २२६ जना भने संक्रमण मुक्त भएका छन्।

यस्तै, ६७१ जनाको एन्टीजेन परीक्षण गर्दा ७५ जनामा पनि कोभिड १९ संक्रमण देखिएको छ।

यससँगै २ लाख ८३ हजार ६५८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। हाल देशभर ५ हजार ५४५ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

यता, पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म ३ हजार ७५ जनाको संक्रमणको कारण मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *