सुनको मूल्य बढ्यो

काठमाडौं। सुनको मूल्य तीन दिन यता क्रमिक बढ्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्न थालेको असर नेपाली बजारमा परेको व्यवसायीले बताएका छन्।

गत शुक्रबारका तुलनामा सुन तोलामा २ सय रुपैयाँले बढेको छ। आइतबारका लागि कारोबार मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार पनि तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने आइतबार स्थिर छ। अघिल्लो दिनको भन्दा १० रूपैयाँ बढ्दा गत शुक्रबार प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य क्रमिक उकालो लागेको छ। आज बिहान सुन प्रतिऔंस १७७७।२९ डलर र चाँदी प्रतिऔंस २५।९६ डलरमा कारोबार भएको छ। पछिल्लो समय लगानीकर्ताको आकर्षण घट्दा सुन प्रतिऔंस १७ सय डलरभन्दा तल आइपुगेको थियो। तर केही समयमै फेरि बढ्न थालेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *