अफ्रिकी मुलुक चादका राष्ट्रपति मारिए

च‍ाद । अफ्रिकी मुलुक चादका राष्ट्रपति इड्रिस डेबीको चुनाव जितेको अर्को दिन हत्या भएको छ।
चादको सेनाले ६८ वर्षीय डेबीको चाडको उत्तरी क्षेत्रमा हत्या भएको जानकारी दिएको छ। सन् १९९०मा सत्तामा आएका डेबीले छैठौं कार्यकालका लागि चुनाव जितेको घोषणा सोमबारमात्रै भएको थियो।
चुनावी परिणामपछि डेबी उत्तरी चाडमा रहेका सेनाहरूलाई भेट्न गएका थिए। लिबियाबाट आएका विद्रोहीहरूसँग झडप भइरहेको ठाउँमा पुगेका राष्ट्रपति डेबीको हत्या कसरी भयो भन्ने स्पष्ट भइसकेको छैन। राष्ट्रपतिको हत्या भएपछि सैनिक परिषदले आउँदो १८ महिनाका लागि सरकार चलाउने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *