संसद् विघटनको मुद्दामा संवैधानिक इजलासमा बहस

 

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दाको आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ। शुक्रबार पहिलो सुनुवाइ भएका मुद्दाहरूमा बहस नसकिएपछि आज सुनुवाइ हुन लागेको हो।
संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी ३० वटा रिट दर्ता भएका छन्। इजलासले एउटा रिटमा १० मिनेटसम्म बहस गर्न सकिने गरी समय दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *