न्युरोडबाट समातिए १५ जुवाडे

 

काठमाडौँ । निषेधाज्ञाका बेला काठमाडौंको न्युरोडबाट जुवा खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
न्युरोडस्थित पिपल बोट नजिकैको एक घरमा जुवा खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए।

ुजुवा खेल्ने १५ जनालाई नियन्त्रणमा लिएका छौं। उनीहरूबाट १३ लाख भन्दाबढी रकम बरामद भएको छ,ु उनले भने।

प्रहरीले निषेधाज्ञाको समयमा जुवातास खेलिरहेको छ भन्ने सूचना पाएपछि प्रहरीको टोली खटिएको थियो। सो टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूबाट १३ लाख भन्दा बढी रकम बरामद गरेको छ। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *