कोरोना खोप सहयोग गर्न बेलायतलाई आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक सम्बन्धलाई सम्झेर बेलायतले नेपाललाई कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।
बीबीसीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले बेलायती समकक्षी बोरिस जोन्सनलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आग्रह गर्नुभएको हो ।
ऐतिहासिक सम्बन्ध रहेको बेलायतले नेपाललाई खोप उपलब्ध गराउनु उसको जिम्मेवारी भएको उहाँले स्पष्ट गर्नुभयो ।
गोर्खा सैनिकको योगदानका आधारमा पनि बेलायतले नेपाललाई प्राथमिकतामा राख्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।