एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीको स्थायी कमिटी बैठक बोलाउनुभएको छ ।
आज अपराह्न् ३ बजे संसदीय दलको बैठक बोलाउनुभएका उहाँले त्यसअघि विहान ११ बजे स्थायी कमिटीको बैठक बोलाएका नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।
स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ ।
साउन ३ गतेका लागि संसद अधिवेशन आह्वान भइसकेको छ सन्दर्भमा बैठक बस्न लागेको हो ।
पार्टीभित्रको विवाद र संसदमा पार्टीले खेल्ने भूमिका लगायतका विषयमा बैठकमा छलफल हुने एमाले नेताहरुले बताएका छन् ।
