काबुल विमानस्थलमा आत्मघाती विस्फोट, ८० को मृत्यु , २०० भन्दा बढी घाइते

 

 

काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलअगाडि बिहीबार साँझ भएका दुई विस्फोटमा परी मृत्यु हुनेको संख्या ८० जना पुगेको छ। घाइतेको संख्या २ सय नाघेको छ।

मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
ज्यान गए पनि अमेरिकाले गरिरहेको हवाई उद्धारकार्य जारी नै रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन्।

ुुहामीले यो मिसन सम्पन्न गर्नै पर्छ र हामी गर्नेछौँ,ुु उनले भने। उनले अपराधीहरूलाई खोजेरै छाड्ने वाचा पनि गरे।

अगस्ट १५ तारिखमा तालिबानले आफ्नो नियन्त्रणमा लिएको काबुलबाट हालसम्म १००,००० भन्दा बढीलाई अन्यत्रै लगिएको छ।

तर अगस्ट ३१ तारिखमा अमेरिकी फौज फर्कनु अघि नै त्यहाँबाट बाहिरिनका लागि कैयौँ अफगानहरू विमानस्थल पुगिरहेका छन्।

बाइडनले मिसन सम्पन्न गर्ने वाचा गर्दै भने, ुुहामी आतङ्कवादीहरूसँग डराउने छैनौँुु

बिहीवार आक्रमण हुँदा अफगानिस्तानमा साँझको झन्डै ६ बजेको थियो। सुरुमा विमानस्थलको एउटा प्रवेशद्वारमा आक्रमण गरिएको थियो जहाँ अमेरिकी र ब्रिटिश सेनाले मानिसहरूलाई विमानस्थल जानका लागि आवश्यक प्रक्रियाहरू पूरा गर्दै थिए।

केही मिनेटको अन्तरालमा ब्रिटिस अधिकारीहरूले प्रयोग गरेको एउटा होटेलमा पनि विस्फोटन भयो।

अमेरिका र यूकेले काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइएस स्टेटले आत्मघाती हमला गर्नसक्ने भन्दै पहिले नै चेतावनी दिएको भए पनि उद्धारका लागि आएका विमानमा स्थान पाउने आशामा विमानस्थल आसपासको क्षेत्रमा ठूलो भिड जम्मा भएको थियो।

उक्त जिहादी समूहले हमलाको जिम्मेवारी लिएको छ।

राष्ट्रपति बाइडनले भनेस् ुुहामी माफ गर्ने छैनौँ। हामीले बिर्सने छैनौँ। हामी तिमीहरूलाई खोजेरै छाड्ने छौँ र सजाय दिने छौँ।ुु

विस्फोटमा थुप्रै तालिबान सुरक्षा गार्डहरू पनि घाइते भएको बताइएको छ।

हमला हुनसक्ने भन्दै क्यानडासहित कैयौँ युरोपेली मुलुकले काबुल विमानस्थलबाट गर्दै आएको उद्धार कार्य रोकेकै दिन विस्फोटको घटना भएको हो।