पूर्वप्रधानसेनापति कटुवाललाई जीपी कोराला फाउन्डेशन अमेरिकामा स्वागत

 

न्युयोर्क । नेपाली सेनाका पूूर्वप्रधानसेनापती श्री रूक्मांगद कटुवाललाई न्युयोर्कस्थित गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको कार्यालय उडसाईडमा स्वागत गरीयो। वहाँलाई फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले खादा लगाई स्वागत गर्नुभएको थियो। सो अवसरमा फाउन्डेशनका कार्यसमिति सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यहरू क्रमशः सुर्य सिंखडा, राजेश आचार्य, प्रेम क्षेत्री अधिकारी, ध्रुव कुँवर क्षेत्री उपस्थित हुनुहुन्थ्यो।यसैगरी ग्लोबल चेयरमेन अफ ओर्ल्ड योगा कमिटीका अध्यक्ष योगगुरू दिलिपकुमार, कम्युनिटी डाईलग न्युयोर्ककी नेतृ जोआना सिंह र जेशीका पिन्डेया, नेपाली कांग्रेसका युवा नेता टंक भण्डारी र वरिष्ठ समाजसेवी विष्णु रानामगर उपस्थित हुनुहुन्थ्यो।
सो अवसरमा वहाँलाई स्वागत गर्दै फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरले स्व गिरिजावावुको कार्यकालमा नेपाली सेना प्रमुख भै राष्ट्र र राष्ट्रियताको विषयमा चट्टान झैं अडिग भै राष्ट्रसेवा गरी समाजप्रती गहिरो छाप छोड्नुहुने पुर्व सेनाप्रमुख श्री कटुवाललाई फाउन्डेशनको कार्यालयमा स्वागतगर्न पाउँदा आफुलाई गर्व लागेको बताउँदै स्व युगपुरुष गिरिजावावुको नाममा स्थापित गैरनाफामुलक यस फाउन्डेशनले आफ्नो केन्द्रीय कार्यालय काठमाडौं र विश्वभर गरीएका समाजसेवा एवं मानवीय सहयोग तथा पछिल्लो समयमा कोरोनाको प्रभाव न्यूनीकरणमा खेलेको भुमिकाबारे प्रष्ट्याउनुभयो।

भेटघाटको यस अवसरमा सम्बोधन गर्नुहुँदै पुर्व सेनाप्रमुख कटुवालले आज अमेरीकाजस्तो वैभवशाली मुलुकमा आई ऐतीहासीक एवं प्रजातन्त्रका युगपुरुष स्व गिरीजाप्रसाद कोईरालाको नाममा स्थापित फाउन्डेशनको कार्यालयमा उपस्थित भै आफ्ना भावनाहरू व्यक्त गर्ने अवसर प्रदान गर्नुहुने फाउन्डेशन परीवारप्रती आभार प्रकट गर्नुभयो।वहाँले देश विकासको मुल आधार नै शिक्षा भएको र सवै नागरिकले आधारभूत र निशुल्क शिक्षापाउनुपर्ने धारणा राख्दै आफुले पनि अवकाश पछिको जीवन आर।के। ट्रष्टमार्फत शिक्षामा लगानी गर्न लागीपरेको बताउनुभयो ।वहाँले आफ्नो जीवन नै सेनामा व्यतीत गरेको, आफुले राजनिती नगरेको तर राजादेखी ठुला नेता तथा कैयौं नेताहरूसँगको सहकार्य एवं संगतले राजनिती केही हदसम्म बुझेको वताउँदै वर्तमान विश्व राजनीतिमा स्वास्थ्य संकट व्यवस्थापन,जलवायु परीवर्तन, पारमाणविक हतियार व्यवस्थापन, अन्तर्राष्ट्रीय र अन्तरदेशीय शान्ती स्थापना, आतंकवादको अन्त्यजस्ता थुप्रै चुनौतीहरू रहेका र यीन्को उचीत सम्बोधन एवं व्यवस्थापन हुन नसकेमा आगामी दिनहरूमा संसारमा ठुलो विपत्ति आउनसक्ने खतरा औंल्याउनुभयो। वहाँले नेपाली शैनीक सदा निश्पक्ष र शान्तिप्रिय रहेको र अहिले पनि विश्वका विभिन्न मुलुकमा करीव ५५०० नेपाली सैनीकहरू शान्तीस्थापानामा अहोरात्र खटिईरहेको वताउनुभयो।वहाँले फाउन्डेशनले गरेको राम्रो कामको प्रशंसा गर्दै आगामी दिनहरूमा अझ सफलता मिलोस भनी शुभकामना व्यक्त गर्नुभयो ।

सोही अवसरमा बोल्नुहँदै संयुक्त राष्ट्र संघ धार्मिक समितिका महासचिव एवं ग्लोबल कम्युनिटी अफ वर्ल्ड योगा कमिटिका अध्यक्ष योगगुरू दिलीपकुमारले आध्यात्मिक चिन्तन र योगाका माध्यमवाट विश्व वदल्नुपर्ने, हालैका दिनहरूमा अफगानिस्थान लगायत मुलुकहरूमा चरमपन्थी धारहरूले द्वन्दवाट राज्यसत्ता हासिल गर्नु राम्रो संकेत नभएको औंल्याउँदै विश्व भाईचारा र मेलमिलापवाट अगाडी बढेमात्र शान्ती हुनेकुरामा जोड दिनुभयो।

यसैगरी कम्युनिटि डाईलग न्युयोर्ककी समाजसेवी नेतृ जोआना सिंहले हरेक मानवका समस्या पहिचान गरी सो को समाधान गर्न आफु र आफ्नो संस्था घरवस्ती पुगी सहयोग गरीरहेको, आफुहरूले समाजमा आईपर्ने मानवीय एवं प्राकृतिक प्रकोपसँग जुध्न जुनसुकै सहयोग गर्न तत्पर रहेको प्रतिवद्वता व्यक्त गर्नुभयो। फाउन्डेशनका पदाधिकारी एवं आमन्त्रित अन्य महानुभावहरूले आ(आफ्नो परिचय दिँदै वहाँको राष्ट्रभक्ति एवं राष्ट्रप्रतिको योगदानको चर्चा गर्दै भेट्ने अवसरको लागी धन्यवाद प्रकट गर्नुभयो।

अन्त्यमा बोल्दै फाउन्डेशनका प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारीले वहाँको कार्यकालमा तत्कालीन प्रधानमंत्री प्रचण्डले गर्नलागेको सैन्य हस्तक्षेपलाई निडरताकासाथ परास्त गर्दै मुलुकलाई थप द्वन्द र दुर्घटना हुनबाट जोगाउन प्रधानसेनापतीको हैसीयतले कानुनअनुसार खेल्नुभएको भुमीकाको विश्वभरका नेपालीले उच्चप्रशंसा गरेका र वहाँजस्तो राष्ट्रभक्त सेनाप्रमुखको नेपाललाई सदाखाँचो रहेको वताउँदै समय व्यवस्थापन गरी भेटघाट एवं छलफलमा सहभागी भैदिनुभएकोमा जिपि फाउन्डेशन अमेरीका च्याप्टरको तर्फवाट हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *