गीतकार रविन पियाको मनछुने गीत सार्वजनिक
काठमाडौं । मनछुने ‘हावासंग बहकिजाने कस्तो माया रहेछ मुग्लान झर्दा खाएको कसम सवै झूठो रहेछ‘ बोलको गीतको मार्मिक भिडियो सात समुद्रपारि अमेरिकावाट रिलिज भएको छ।
बुनियाद गीतकार रविन पियाको यथार्थवादी कलमव्दारा सिर्जित यो मायाबी गीतको अमेरिकावाट रिलिज भएको हो।
कारुणिक गीतले परदेशिन बांध्य बनेका आम नेपाली युवाहरुको कथा अनि व्यथा यो गीतमा समेटिएको छ।
अन्नु चौधरीको गायन अनि चर्चित संगीतकार विकास चौधरीको संगीत रहेको यस गीतको भिडियोमा रुकेश कायस्थ र सुषमा पौडे्लको यथार्थवादी अभिनय रहेका छ। भिडियोग्राफी तथा सम्पादन इनेश रविन पियाको रहेको छ।