आजदेखि  सयपत्री हाइड्रोपावरकाे आईपीओमा आवेदन दिन सकिने

काठमाडाैं : सयपत्री हाइड्रोपावर लिमिटेडले आज शुक्रबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता शेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयर थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

कम्पनीले कुल शेयर मध्य ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत कर्मचारीको लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी रहेकोे ६ लाख ७० हजार ५८६ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।