प्रहरीद्वारा लागूऔषधसहित २२ जना नियन्त्रण
काठमाडौंः प्रहरीले लागूऔषधसहित २२ जनालाई नियन्त्रणमा लिएको छ ।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोले फरक स्थानबाट ४५९ ग्राम खैरो हेरोइनसहित १२ जना र डाइलेक्स डिसी र नाइट्राभेट ट्याबलेटसहित १० जना पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ठूलो मात्रामा लागू औषध बरामद भएको लागूऔषध नियन्त्रण व्यूरोले जनाएको छ ।