जितपुरबाट ७० किलो गाँजा सहित दुइजना पक्राउ

बारा : बाराको जितपुरसिमराबाट ७० किलो गाँजा सहित प्रहरीले दुइजनालाई पक्राउ गरेको छ ।

प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित ७० किलो गाँजा सहित मकवानपुर मनहरी गाउँपालिका–७ बिजौना बस्ने ३५ वर्षीय सुन बहादुर थिंग र सोही गाउँपालिका–१ चकरी बस्ने २० वर्षीय सुभाष लामालाई आइतबार बिहान पक्राउ गरेको हो ।

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ६९०६ नम्बरको मिनीट्रकमा लुकाई ल्याएको उक्त गाँजा ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।