१ सय दिनमा गरेका ६ कमजोरीमा मेयर बालेनका ६ दलिलः कति कथ्य, कति तथ्य ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले आफूले गरेको ६ कमजोरी लाई १०० दिने कार्यकालको सम्झनामा समावेश गर्नुभएको छ । १०० दिनबारे साहले मुल्याङ्कन आफैँले गर्ने भन्दा पनि आममानिसहरुले कसरी बुझेका छन् त्यो अर्थपूर्ण हुने भन्दै आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गरेको पनि उल्लेख गर्नुभएको छ । उहाँले आफैँले यतिका कामहरु ग¥यौँ भनेर सूची बनाउँदैमा सफल नहुने कुरालाई समेत उल्लेख गर्नुभएको छ ।

उहाँले आफूले कार्यभार सम्हालेको १०० दिनका सन्दर्भमा आफूलाई मन छोएका केही सन्दर्भहरु सम्झिन जायज हुनेछ भन्दै ६ कमजोरीलाई चलाखीपूर्ण ढंगले प्रष्टिकरण दिनुभएको छ । उहाँले सबै भन्दा आलोचना खेपेको फुटपाथबाट मकैको ठेला हटाएको सन्र्दभलाई साहले भावनासँग मात्रै जोडेर नहुने भन्दै सहरको स्वास्तविक व्यवस्थापनसँग लगेर जोडीक आफूले त्यो जायज काम गरेको दलिल पेश गर्नुभएको छ । फुटपाथका सन्र्दभमा उहाँको दलिल जस्ताको त्यस्तैः

१) फुटपाथबाट मकैको ठेला हटाएकोः

यो सन्दर्भले अझै पनि सही, वास्तवमा के हो भन्ने एक किसिमको धर्मसंकट महसुस हुन्छ । तर अन्तिममा के लाग्छ भने आफूले पाएको अभिभारा पूरा गर्न भावनात्मकता मात्रै भएर हुन्न । फुटपाथको आधारभुत निर्माण नै पैदलयात्रीहरुका लागि हो । सहरको वास्तविक व्यवस्थापनका लागि फुटपाथ खुल्ला हुन पनि जरुरी हुन्छ । महानगरले पहिले फुटपाथका व्यापारीहरुलाई अन्यत्र राखेर खुल्ला गर्ने कोशिस गरेको थियो । जुन पुर्णरुपमा असफल भएको थियो । दिएको ठाउँ पनि भरिने र पुनः फुटपाथमा नयाँ व्यापारीहरु आइपुग्ने क्रम देश नै समृद्ध नहुन्जेल भइरहने कुरा हो । यो चक्र तोड्न महानगरको कार्यक्षेत्र र क्षमताले भ्याउने जे थियो, त्यही गरियो र गरिदैछ ।

यदि हामी महानगरमा नभएर संघीय सरकारमा भइदिएको भए हामीले गर्ने प्रयास फरक हुन सक्थ्यो । यो भन्दा अलग किसिमले राष्ट्रिय स्तरमा नै यसको समाधान गर्न खोजिन्थ्यो होला । हाम्रा लागि यो सम्भावनाको कुरा मात्र हुन्छ । हामीले वास्तविकतामा उभिएर समाधान खोज्दा जे गर्नु पथ्र्यो, त्यही ग¥यौ । जसको नतिजा बानेश्वर तथा असनलगायतका क्षेत्रहरुमा सकारात्मक रुपमा देखिन थालेको छ ।

उहाँले आलोचना खेपेको अर्को सन्दर्भ हो, ई–स्पोर्टसका लागि लागि १ करोड । रुटिन अफ नेपाल बन्दले उहाँको चुनावी अभियानमा दिलोज्यान दिएर सहयोग गरेको सत्य घाँम जत्तिकै छर्लङ्ग छ ।

उहाँले आलोचना खेपेको अर्को सन्दर्भ हो, ई–स्पोर्टसका लागि लागि १ करोड । रुटिन अफ नेपाल बन्दले उहाँको चुनावी अभियानमा दिलोज्यान दिएर सहयोग गरेको सत्य घाँम जत्तिकै छर्लङ्ग छ । उहाँले त्यसैको गुण तिर्न रुटिन अफ नेपाल बन्दलाई सहयोग पुग्ने हेतूले ई–स्पोर्टसका लागि १ करोड बजेटमै व्यवस्था गरेपछि निकै ठूलो आलोचना भयो । कम्तिमा सबैतिरको आलोचनापछि अब मेयर साहलाई सुटुक्क रुटिन अफ नेपाल बन्दलाई मात्रै सहयोग पुग्ने गरी बजेट दिन हच्काइदिएको छ । यद्यपि, त्यो सन्र्दभमा पनि मेयर साहले आफूले गल्ति नगरेको दलित १०० दिनको सन्र्दभमा उल्लेख गर्नुभएको छ । ई–स्पोर्टसका लागि लागि १ करोडबारे उहाँको दलिल जस्ताको त्यस्तैः

२) ई–स्पोर्टसका लागि लागि १ करोडः

गीत गाउने, नाच्ने जस्ता कलाकारहरुप्रति केही पहिलेसम्म समाज अनुदार नै थियो । त्यसमा पनि महिला कलाकारहरुका लागि त सम्मान भन्दा पनि अप्ठ्यारा बढी थिए । तर अहिले अवस्था फेरिएको छ । यतिसम्म कि, यस्ता विषयसँग सम्बन्धित रियालिटी सोहरुमा जित्नका लागि परिवारले नै लगानी गर्ने तथा सानै उमेरदेखि नाच्न, गाउन तालिम दिने क्रम बढेको छ । यो हामीले देख्दादेख्दै भएको परिवर्तन हो । त्यस्तै परिवर्तन खेल क्षेत्रमा पनि भइरहेको छ । इस्पोर्टस पनि खेलका रुपमा भविष्यको आम्दानीको क्षेत्र तथा राष्ट्रिय गौरवको बिषय बन्दैछ । त्यसमा हामी तयार हुने कि नहुने ? त्यो परिवर्तनलाई आत्मसात गर्ने कि नगर्ने ? यो प्रश्न प्रमुख थियो । हामीले त्यो परिवर्तनलाई समाजमा स्थापित गर्नका लागि बजेट छुट््यायौँ । बजेट छुट््याउने बित्तिकै आएका प्रतिक्रिया र मानिसहरुले बुझ्दै गए पछि आएका प्रतिक्रियाहरु फरक पर्न थाले । इस्पोर्टसमा हामीले चाहे जस्तै कार्यक्रम भए पछि हामीले बजेट छुट््याउनुको उपादेयता पनि हासिल हुन सक्ला । त्यो दिन पर्खौँ ।

उहाँले निकै ठूलो आलोचना खेप्नु परेको अर्को सन्दर्भ हो । यमबुद्धको सालिक । काठमाडौँबासी फोहोरको दुर्घन्धबाट आजित बनिरहेका बेला मेयर साहले यमबुद्धको सालिक निर्माण गर्ने कुरालाई सतहमा ल्याएपछि उहाँको चर्को आलोचना भयो । यतिसम्म कि उहाँले त्यो सन्दर्भमा सामाजिक सञ्जालमा स्ट्याटस लेख्ने र मेट्नेसम्मको बिचलित हुनुपर्नेसम्मको अवस्थामा आलोचित भएपछि उहाँ त्यो निर्णयबाट पछि हट्न बाध्य हुनुभयो । आफ्नै लगानीमा सालिक बनाउनेसम्मको धम्की दिनुभएका साह त्यो धम्कीमा पनि टिक्न सक्नुभएन । यमबुद्धको सालिक निर्माणका सन्र्दभमा उहाँले पेस गरेको दलिल जस्ताको–तस्तै

३) यमबुद्धको सालिकः

एउटा कलात्मक पार्कभित्रको सानो अंगकारुपमा यमबुद्धको सालिक बनाउने सन्दर्भ थियो त्यो । बुँदा २ मा इस्पोर्टसको सन्दर्भ जस्तै हिपहप र त्यसको नेपालीकरण नेपहप संगीतमा नयाँ बिधा हो । यमबुद्ध सो बिधाका लागि अत्यन्तै सम्मानित नाम हो । आफु त्यो बिधा नजिक भएकाले त्यसलाई थप सम्मानित र व्यवस्थित बनाउन भूमिका हुनु पर्छ भनेर त्यो सोच ल्याइएको थियो । बजेटमा पार्क मात्रै भनेर पछि खुसुक्क सालिक बनाइदा कसैलाई वास्ता नहुन पनि सक्थ्यो । तर बजेटमा धेरै भन्दा धेरै पारदर्शिता चाहिन्छ भनेर त्यो बेग्लै बुँदामा राखियो । आममानिसबाट आएका प्रतिक्रियाले हामीले निर्णयमा केही फेरबदल ग¥यौँ । यति हुँदाहुँदै पनि समाजको एउटा पुस्ताको ठुलो संख्याले आफ्नो भविष्य र कलामा सम्भावना खोजिरहेको कुरालाई स्थापित गराउन बहस र छलफल गराउन सकेकोमा गौरवबोध नै भएको छ ।

उहाँले खेप्नु परेको अर्को आलोचना भनेको सार्वजनिक कार्यक्रममा पद्यपान गरेको भिडियोमा हो । भाइरल भएको भिडियोमा उहाँ मद्यपानले लठ्ठ मात्रै होइन, उहाँको बोली समेत लरबरलरबर गरेको थियो भने उहाँ माइक समातेर बोल्न सक्ने अवस्थामा समेत हुनुहुन्थेन । उहाँको त्यो भिडियोको भागभङ्गी हेर्दा मेयर पदकै धज्जी उडाएको प्रष्ट देखिन्थ्यो । उहाँले त्यो भिडियोको सन्दर्भमा पनि कार्यालय, घर र साथीभाईसँग फरक–फरक भूमिकामा रहनुपर्ने बाध्ययतालाई देखाएर बचाउ गर्ने प्रयास गर्नुभएको छ । यद्यपि, उहाँले गलत हो भन्ने कुरालाई अन्तिममा भने स्वीकार गर्नुभएको छ । सार्वजनिक कार्यक्रममा मद्यपान गरेको भाइरल भिडियोबारे उहाँको दलिल जस्ताको त्यस्तैः

४) कार्यक्रममा मद्यपान र मुकुट परिवर्तनः

मान्छे एउटै जीवनभित्र फरक फरक भुमिकामा हुन्छ । म कार्यालयमा मेयर भएर व्यवस्थित भइरहँदा घरमा छोरोको रुपमा अव्यवस्थित, पतिकारुपमा प्रेमील र साथीहरुसँग जिस्किदै फुटसलमा रमाइरहेको हुन सक्छु । यी हरेक ठाउँमा एकसँग अर्को भुमिका विपरीत हुनु पर्ने पनि हुन सक्छ । माहौलले पनि फरक पार्न सक्छ । कार्यक्रमको चर्चाका लागि वा माहौललाई रोचक बनाउन म छुट्टै अभिनय गरिरहेको हुन पनि सक्छु । यी सबै कुरालाई सोहीरुपमा बुझिदिनु हुन आग्रह गर्दछु । सँगसँगै, सार्वजनिक व्यक्तित्व भएको कारणले समाजमा आफ्ना कार्यहरुले पार्न सक्ने प्रभावका बारेमा भने सजग रहेको जानकारी गराउँदछु ।

इतिहासमा सबै भन्दा बढी समय उपत्यकाको फोहोरको समस्या साहले मेयर पदको कार्यभार सम्हालेपछि देखियो । कार्यभार सम्हाल्नु अघिल्लो दिन नै सिसडोल पुगेर त्यहाँका जनताको सेन्टिमेण्ट लिएर बल प्रयोग नगर्ने आश्वासन दिनुभएका साहको कार्यकालमा सबै भन्दा बढी बल प्रयोग भयो । उहाँको कार्यकालमा ७० दिन भन्दा बढी समय फोहोर नउठ्दा धरानका मेयर हर्क साम्पाङले समेत आलोचना गर्नुभयो । त्यहि विषयलाई लिएर दुई मेयरबिच वाकयुद्ध नै चल्यो । यो सन्दर्भमा पनि साहले अघिल्ला–अ नेतृत्वलाई आलोचनाको भारी थुपारेर केही सकारात्मक कामको थाली गरेको दलिल पेश गर्नुभएको छ । उहाँको दलिल जस्ताको त्यस्तैः

५) फोहोर व्यवस्थापनमा ढिलाइः

यसमा के स्वीकार्नु पर्दछ भने १०० दिन भित्र फोहोर व्यवस्थापनका सन्दर्भमा हामीले जस्तो सोचेका थियौँ । हुबहु हुन सकेन । तर झन्डै २ दशकदेखि कुहिएर रहेको समस्यालाई हामीले सतहमा ल्याउन भने सक्यौँ । यसबाट वास्तविक समस्याहरुको पहिचान भएर दिगो समाधानका योजनाहरु बनाउन सक्ने भएका छौँ । नर्भिकलगायतका अनधिकृत संरचना हटाउने सन्दर्भमा भने उहाँले सबै भन्दा बढी प्रसंसा प्राप्त गर्नुभएको छ । यद्यपि, अदालतको मानहानी गर्नेदेखि सच्चिने समेत मौका नदिइ नायक चलचित्रको शैलीमा गरेको उहाँको अभियानप्रति आलोचना पनि भएको छ । अनधिकृत संरचना हटाउनेबारे उहाँको दलिल जस्ताको त्यस्तैः

६) नर्भिकलगायतको अनधिकृत संरचना हटाउने सन्दर्भमाः

जे जुन प्रयोजनका लागि उपयोग गर्ने भनिएको छ, त्यो त्यही रुपमा प्रयोग हुनु पर्छ । हामीले चाहेको यति मात्रै हो । कुनै पनि सर्तमा यो नियम लागू गर्न हामी पछि हट्ने छैनौँ । यी कतिपय सन्दर्भमा हामीले सम्मानित अदालतका सन्दर्भमा बोल्यौँ, सम्बन्धित व्यक्ति सामू चर्र्का स्वरमा आक्रोश पोख्यौँ । आममानिसहरुको आवाज सम्बन्धित ठाउँसम्म पु¥याउने सेतुका रुपमा मात्रै हामीले ती कार्यहरु गरेका छौँ । सायद जनप्रतिनिधि हुनुको औचित्य पनि त्यही हो ।

अन्त्यमा, हामी १०० दिनको दौडमा छैनौँ । हामीसँग ५ बर्षका लागि योजना छन् । हामी अझै केही समय गाली र आलोचना मात्रै सहन तयार छौँ तर हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ । विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौँ ।