एनआरएन र सुदूरपश्चिमबीच क्रिकेट खेल हुँदै

काठमाडौं : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता गण्डकी प्रदेशमा असोज २८ गतेदेखि हुने भनिएपनि आजदेखि काठमाडौंमा सुरु भएको छ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको हो ।

एनआरएन र सुदूरपश्चिम बीचको खेल वर्षाका कारण ६–६ ओभरमा रोकिएको थियो । खेलमा एनआरएनले टस जितेर ब्याटिङ गरेको थियो ।