काठमाडौंका उपप्रमुख डंगोल लगायतका जनप्रतिनिधिहरुलाई भव्य स्वागत
काठमाडौं । काठमाडौं वडा नं. १५ स्थित विभिन्न संघ संस्थाले काठमाडौं महानगरका उप प्रमुख सुनिता डंगोल लगायत इन्द्रजात्रा पर्वको अवसरमा काठमाडौं महानगरपालिकाको निमन्त्रणामा विभिन्न जिल्लाबाट आउनुभएका मेयर, उपमेयर र कर्मचारीहरुलाई भव्य स्वागत गरेको छ ।
उहाँहरुले स्वयम्भ महाचैत्यू, आनन्दकुटी विहार लगायत १५ वडाको विभिन्न पर्यटकीय क्षेत्रमा अवलोकन भ्रमण गरेका थिए ।