साफ यू–१७ मा नेपालले भारत भिड्दै

काठमाडौं : श्रीलंकामा भइरहेको साफ यू–१७ खेलमा बुधबार नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

श्रीलंकाको कोलम्बो रेस कोर्स मैदानमा राति ८ः१५ देखि शुरु हुने फाइनल खेलमा नेपालले भारतसँग खेल्ने भएको हो ।

खेलको सेमिफाइनलमा भारतले बंगलादेशलाई २–१ ले हराएको थियो भने नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराएर भारतसँगको भेट पक्का गरेको हो ।