तोकिएभन्दा बढी भाडा लिन खोज्ने १६ जना सहचालक पक्राउ
काठमाडौं, १२ असाेज । यात्रुहरूबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
चाडपर्वको समयमा तोकिएको भन्दा बढी भाडा लिन खोज्ने उनीहरूलाई ट्राफिक प्रहरीले काठमाडाैँको कोटेश्वर र नयाँबसपार्कबाट पक्राउ गरेर प्रहरी प्रभाग कोटेश्वर र गंगबुमा राखिएको छ ।
पक्राउ पर्नेहरू काटेश्वरबाट ८ जना र नयाँबसपार्कबाट ८ जना रहेकाे छ ।
पक्राउ परेका उनीहरूमाथी आवश्यक अनुसन्धान गरी कानुन बमोजिम कारबाही गरीने उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएकाे छ ।