समानुपातिकतर्फका बन्द सूचीमा रहेका ४३९ उम्मेदवारले जरिवाना बुझाउनु पर्ने

काठमाडौं, ३१ असाेज । समानुपातिककाे बन्द सूचीमा रहेका ४ सय ३९ उम्मेदवारले कात्तिक ५ गते भित्र जरिवाना बुझाउनुपर्ने भएको छ।

स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले कात्तिक ५ गते सम्मको समय दिएको छ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेस गरेको बन्द सूचीमा समावेश भएका त्यस्ता ४३९ उम्मेदवारले जरिवाना बुझाउनुपर्ने भएको हो।

जरिवाना नबुझाए उम्मेदवारको नाम बन्द सूचीबाट हटाउने निर्वाचन आयोगले जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *