नेपाल प्रहरीले मनायाे ६७ औं प्रहरी दिवस विभिन्न कार्यक्रम गरी

काठमाडाैं, ३१ असाेज । नेपाल प्रहरीले ६७ औं प्रहरी दिवस विभिन्न कार्यक्रम गरी मनाएका छन् ।

नेपाल प्रहरीले नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयमा आज आफ्नो ६७ औं स्थापना दिबस विशेष कार्यक्रम आयोजना गरी मनाएको छ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, प्रधानसेनापति, नेपाल सरकारका मुख्य सचिव, संवैधानिक आयोगका प्रमुखहरू, पूर्वप्रहरी अधिकृत लगायतको उपस्थिति रहेकाे थियो।

कार्यक्रममा एक वर्षभित्र वीरगति प्राप्त गरेका अमर सहिद परिवारजनलाई सम्मान गरिएकाे थियाे साथै कार्यक्रममा अमर प्रहरी स्तम्भमा माल्यार्पणका साथै हेलिकप्टरबाट पुष्पवर्षा गरिएकाे थियाे।

विसं २०१२ सालमा नेपाल प्रहरी संगठनको स्थापना भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *