मलाई अलि–अलि राई, अलि–अलि डोमार, अलि–अलि चमार देखेहुन्छः केपी ओली
काठमाडौँ, ४ कात्तिक । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्णलाई अघि नबढाई समृद्ध नेपाल खुशी नेपाली नहुने बताउनु भएको छ । लोकतान्त्रिक आदिवासी जनजाति महासंघले आयोजना गरेको ‘आदिवासी जनजातिसँग नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा केपी ओली’ कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।
‘अल्पसंख्यक, उत्तपीडिडत, आदिवासीजनजाति, दलित सबैलाई अघि नबढाई, समृद्ध नवनाई समृद्ध नेपाल खुशी नेपालीको हाम्रो परिकल्पना पूरा हुँदैन,’ ओलीले भन्नुभयो, ‘एउटा नेपाली के खाउँ के लाउँ भनेर तड्पिदै छ भने कसरी मुलुक समृद्ध हुन्छ ? हामी सबै पूर्वाधारमा अघि बढेको, जनता विकसित भएको नेपाल बनाउन चाहन्छौँ ।’ उहाँले वहुसंख्यालाई उत्थान गरेपछि समृद्ध नेपाल बन्ने भन्दै एमालेको सिङ्गो देश उठाउने नीति रहेको बताउनुभयो । ‘एक जना पनि भोकै रहनु भनेको संमृद्धि होइन,’ उहाँले भन्नुभयो, ‘एमाले छानो नभएको जनतालाई धनी बनाउन लागेको छ । त्यसैले एमाले सबै नेपालीको पार्टी हो । एमाले जनजातिको पार्टी हो ।’
उहाँले हुम्लाका लिमी भ्यालीका तीन वटी छोरीलाई ल्याएर आफूले राजधानीको सुविधा सम्पन्न विद्यालयमा पढाएको स्मरण पनि गराउनुभयो । ‘मुगुमा पुगेर विद्यार्थी भर्ना अभियान चलाए र त्यहाँका बालबालिकालाई राजधानी ल्याएर सुविधान सम्पन्न विद्यालयमा आवासीय सुविधासहित पढाएको छु,’ उहाँले भन्नुभयो, ‘मेरो आफ्नै छोरोछोरी छैनन् । तर, डोम, चमार, भोटे, राइका छोराछोरी छन् । भनेपछि मेरो पार्टीको दृष्टिकोण के–होला ? मैले बाहुनका छोराछोरी ल्याएर पढाएको छैन । त्यसैले मलाई अलिअलि राई, अलिअलि डोमार, अलिअलि चमार देखेहुन्छ ।’