डा.उपाध्यायका गीत विश्वको नक्सामा सार्वजनिक
काठमाडौं, ६ कात्तिक । विश्व कीर्तिमानी गीतकार डा.डी.आर.उपाध्यायकाे १५० वटा गीत राजधानीमा शनिवार एक कार्यक्रम गरि विश्वको नक्सा (ग्लोब) मा सार्वजनिक गरेका छन् भने फरक शैलीका १३ गीति कविता सार्वजनिक गरेका छन् ।
गीतकार उपाध्यायले विश्व रेकर्डमा समावेश गर्ने उद्देश्यले गीति कविता र फरक शैलीको सिर्जना सार्वजनिक गरेको बताएका छन् ।
उनले सार्वजनिक गरेका गीति कवितामा संसारभरका ११५ वटा सांगीतिक पत्रिकाको नाम समेटिएको, अन्तरिक्षमा पाइला टेकेका विश्वका अन्तरिक्ष यात्रीको नामबाट, विश्वका सामाजिक बिदाको नाम समेटिएको, विश्वका सर्वाधिक बिक्री भएका म्युजिक एल्बमको, ग्रामी पुरस्कार विजेता कलाकारको नामबाट, विश्वका प्रचलित घण्टीहरूको नामले, विश्वका सुप्रसिद्ध कवि तथा गीतकारको नाम र तिनीहरूले सिर्जना गरेको विषय समेटिएको छ ।
त्यस्तै युट्युबमा एक विलियनभन्दा माथि भ्युज भएका टाइटल समेटिएको, ग्रामी पुरस्कार विजेता जोडीको नाम समेटिएको, इन्स्ट्राग्राममा मोष्ट फलोअर्स भएका आर्टिष्ट र उनले गाएको वर्णन समेटेर, विश्वभर हजारौँ मिलियन यात्रुलाई यात्रा गराउन सफल ६८ एयरक्राफ्टको नाम समेटिएको, क्यान्सर लागेर बाँचेका प्रसिद्ध व्यक्तित्वको नामबाट र अंग्रेजी अक्षर ‘ए’ देखि ‘जेड’ सम्मको वर्णानुक्रम अनुसारको गीति कविता रहेका छन् ।
यस्ता शीर्षकका र विषयवस्तु समेटिएका गीति कविता यसअघि सार्वजनिक नभएको र यो पहिलोपल्ट भएको उनको दावी छ । डा. उपाध्यायले छ महिना लगाएर यी गीति कविता तयार पारेको बताएका छन् ।
गीतकार उपाध्यायले गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित विश्वका विभिन्न ११० विधामा यसअघि नै विश्व रेकर्ड कायम गरिसकेका छन् ।