एमालेकाे चुनावी सभा सुदूरपश्चिमबाट शुरु हुने
काठमाडाैं, १७ कात्तिक । नेकपा एमाले चुनावी सभा सुदूरपश्चिम प्रदेशबाट शुरु गर्ने भएको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेश जानुहुनेछ ।
उहाँले शुक्रबार नै बैतडी र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने एमालेले जनाएको छ ।
उहाँले सुदूरपश्चिम पश्चात कर्णालीका सुर्खेत र दैलेखमा आयोजना हुने सभालाई सम्बोधन गर्नुहुनेछ भने त्यसपछि लुम्बिनी पुग्ने कार्ययाेजना रहेकाे बताइएकाे छ ।
उहाँले ९ दिनमा कम्तीमा ४० जिल्लाका चुनावी सभालाई सम्बोधन गर्नुहुने प्रारम्भिक कार्यतालिका रहेकाे एमालेले जनाएकाे छ ।