उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

एजेन्सी, १७ कात्तिक । उत्तर कोरियाले अनिर्दिष्ट ब्यालेस्टिक मिसाइलू प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ ।

दक्षिण कोरियाले संयुक्त राज्य अमेरिकासँग संयुक्त हवाई अभ्यास विस्तार गर्ने बताएको केहीबेरमा उक्त प्रक्षेपण गरिएको हो ।

उत्तर कोरियाले अनिर्दिष्ट ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्यो, सियोलका जोइन्ट चीफ अफ स्टाफले बताएका छन् ।

विभिन्न प्रक्षेपणहरूमा अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल पनि समावेश रहेको बताइएको छ ।