चन्द्रागिरी वडास्तरीय तेस्रो संस्करणको फुटसल प्रतियोगिता हुँदै
काठमाडाैं, २४ कात्तिक । चन्द्रागिरि नगरपालिका वडा कप फुटसल प्रतियोगिता यही कात्तिक २५ र २६ गते हुने भएको छ ।
वेष्टर्न युनाइटेड क्लबद्वारा आयोजित तेस्रो संस्करणको सो प्रतियोगिता मत्स्य फुटसल एरिना मच्छेगाउँमा नगरभित्रका १५ वडाका २२ टिमबीच प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः ८० हजार रुपैयाँ र ४० हजार रुपैयाँसहित ट्रफी र पदक र अन्य पाँच विधामा उत्कृष्ट हुनेलाई पाँच हजार रुपैयाँसहित पदक प्रदान गरिनेछ । प्रतियोगिताको मुख्य प्रायोजन चन्द्रागिरि नगरपालिकाले गरेको छ ।
क्लबका अध्यक्ष रामनारायण घिमिरेका अनुसार फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । नगरपालिकाभित्र खेलकूदकाे विकास र युवालाई खेल क्षेत्रमा आकर्षित गर्न क्लबले विभिन्न गतिविधि गरिरहेको छ ।
पछिल्लो समय युवापुस्ताका बीचमा फुटसल लोकप्रिय बनिरहेको छ । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने नाराका साथ क्लबले खेलकूदका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।
चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले युवापुस्तालाई खेलकुदमा थप आकर्षित गरी खेल क्षेत्रको विकास गर्न नगरपालिकाले विभिन्न प्रतियोगिता आयोजना गर्न सहयोग गरेको जानकारी दिनुभयो ।