मतदानका लागि सहर छाड्नेको लर्को (१३ तस्बिर)

काठमाडौं, ३ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अघिल्लो दिन उपत्यका छाड्नेको लर्को देखिएको छ । मुख्य गरेर कोटेश्वर, कंलकी, बल्खुलगायतका स्थानबाट गाउँ जानेको लर्को निकै ठूलो देखिएको छ ।

पाँच वर्षपछि हुन लागेको निर्वाचनमा प्रतिनिधि सभाका लागि प्रत्यक्ष र समानुपातिक गरी दुई सय ७५ र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी पाँच सय ५० पदका लागि हुने निर्वाचनमा मतदान गर्न गाउँ फर्किनेको लर्कोले यी ठाउँहरुमा भिडभाड निकै बाक्लो देखिएको छ ।

त्यसैगरी त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल मा पनि विभिन्न जिल्लामा जाने यात्रुको बाक्लो भिड देखिएको छ । निर्वाचनकै लागि भनेर सरकारले मंसिर ५ गतेसम्म बिदा दिएपछि विभिन्न पेशा–व्यवसायमा आवद्धहरु पनि सहर छाडेर गाउँ जाने भएका कारण थप भिड बढेको छ । त्यसो त विभिन्न राजनीतिक दलले आफ्नै खर्चमा समेत सवारी लैजाने भएपछि विभिन्न नाकामा भिड देखिएको हो ।