प्रधानन्यायाधीश जबरालाई राेक्न सर्वोच्चमा बारकाे धर्ना

काठमाडौं, २१ मंसिर । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च जान राेक्न सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ।

जबरालाई सर्वोच्च फर्किन नदिने भन्दै बारले अदालतको मूल गेटमा धर्ना दिएकाे हाे ।

बारका पदाधिकारीले गृहमन्त्री बालकृष्ण खाँणलाई फोन गर्दै शान्तिपूर्ण धर्ना गर्ने भएकाेले धर्नामा हस्तक्षेप नगर्न पनि आग्रह गरेका छन् ।

बारले २०७८ कात्तिकमा पनि जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिएको थियो ।

तश्बिर रमेश डंगाेल / मैत्री न्युज