एमालेको सचिवालय बैठक आज, समानुपातिक सांसद चयन हुने

काठमाडाैं, २३ मंसिर । नेकपा एमालेको चुनावी समीक्षाका लागि बैठक सचिवालय बैठक आज राखिएकाे छ ।

नेकपा एमालेले चुनावी समीक्षा र समानुपातिक सांसद चयन गर्नकालागि सचिवालय बैठक राखेको हाे।

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङकाअनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुनेछ।

एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ।