गोगंबुकाे होटलबाट ७३१ थान राहदानी सहित तीन जना पक्राउ
काठमाडौं, ५ माघ । काठमाडौं महानगरपालिका-२६ गोगंबुबाट ७३१ थान राहदानी सहित तीन जना पक्राउ परेका छन् ।
गोगंबुकाे वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लीकोटबाट ७३१ थान राहदानी सहित कञ्चनपुर बेतकोट नगरपालिका-३ घर भई टोखा नगरपालिका-९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोक जंग खड्का समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।
उक्त होटलहरूमा शंकास्पद व्यक्तिहरु रहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले होटेल सोनाबाट शंकास्पद रुपमा रहेका ७१७ थान र होटल पल्लीकोटबाट १४ थान गरी जम्मा ७३१ थान राहदानी सहित उनीहरूलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले नियन्त्रणमा लिएकाहरूसंग थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।