त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुडाल ८ लाख घुससहित पक्राउ

काठमाडाैं, ९ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्‍डयन कार्यालय, आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख प्रबन्धक पूर्ण चुडाल घुससहित पक्राउ परेका छन् ।

चुडाललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सोमबार उनकै कार्यकक्षबाट ८ लाख रूपैयाँ घुससहित पक्राउ गरेको हो। उनी नवौं तहका कर्मचारी हुन् ।

पक्राउ गरी कार्यकक्षमा खोजी गर्ने क्रममा दराजबाट स्रोत नुखलेको ८ लाख रूपैयाँ बरामद भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

चुडालले विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवतजावत गर्न पास उपलब्ध गराएर सहजीकरण गरिदिएको भन्दै सेवाग्राहीसँग साढे एक लाख रूपैयाँ मागेका थिए।

घुस लिएपछि कार्यकक्षमा खानतलासी गर्दा दराजबाट स्रोत नखुलेको ८ लाख रकमसँगै विभिन्न ब्रान्डका ९ वटा मदिराका बोतल, ५ वटा मोबाइल र एउटा डायरी पनि बरामद भएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *