सुनको मूल्य घट्यो, चाँदी स्थिर
काठमाडौं, १७ माघ । बजारमा सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारकाे तुलनामा प्रतितोला पाँच सयले घटेको हो ।
अघिल्लो दिन प्रतितोला एक लाख छ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख पाँच हजार आठ सय तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख पाँच हजार आठ सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ६५ कायम रहेको महासङ्घले जनाएको छ ।