सुनको मूल्य तोलामा ३८ सयले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं, १३ असोज । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य ११५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४ हजार ३९५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो ।

यससँगै एकै दिन सुनको मूल्य ३ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य ११५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *