जबरजस्ती करणी अभियोगमा एक पक्राउ
भोजपुर, २३ माघ । १६ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
भोजपुरको हतुवागढी गाउँपालिका १ बस्ने २६ वर्षीय यदुराज बस्नेतलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
बस्नेतले किशोरीलाई गत शुक्रबार राति घोडेटारदेखि पुर्णेबजार आवत जावत गर्ने कच्ची बाटोको च्यानडाँडा भन्ने स्थानमा ना ५ त ६५८० नम्बरको ट्याक्टरमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।